stcnepal long ad
global ime bank long

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको महानिर्देशकमा तिवारी नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् । मुलुकका वाणिज्य बैंकहरू, विकास बैंकहरू र वित्तीय संस्थाहरूको छाता संगठन– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको भर्खरै सम्पन्न कार्यसमितिको बैठकले तिवारीलाई ४ वर्षका लागि महानिर्देशकमा नियुक्त गरेको हो । नेपालस्थित अन्तराष्ट्रिय वित्त निगम तथा विश्व बैंक जस्ता संस्थाहरूमा काम गरिसक्नु भएका तिवारीसँग विभिन्न वैदेशिक दातृ निकायहरू, सार्वजनिक एवं निजी क्षेत्र र सञ्चार क्षेत्रको लामो अनुभव छ । काभ्रे जिल्लाको मण्डन देउपुर नगरपालिका–१० श्री चौरमाका तिवारी केही समय अघिसम्म नेपाल सरकार, दातृ निकाय तथा निजी क्षेत्रद्वारा प्रवद्र्धित एवम् सार्वजनिक–निजी संवाद प्रतिष्ठानको रुपमा रहेको नेपाल व्यवसाय मञ्चमा वरिष्ठ परामर्शदाता थिए । उहाँले पछिल्लोपटक नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशक भई कार्यभार सम्हालेका थिए ।

IME Lifesidebar
kumari