माछापुच्छ«े क्यापिटलले पायो कारोबारको अनुमति
८ माघ, काठमाडौं । माछापुच्छ«े क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डवाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको छ । काठमाडौंमा मुख्य कार्यालय रहेको सो क्यापिटलमा माछापुच्छ«े बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको छ । बैंकको सहायक कम्पनी माछापुच्छ«े क्यापिटल लिमिटेड पनि अब मर्चेन्ट व्यवसायमा प्रवेश गरेको छ । चुक्ता पूँजी २० करोड रहेको क्यापिटलले उपरोक्त सेवाहरु प्रदान गर्नका लागि सम्पुर्ण तयारी गरिसकेको र निकट भविष्यमा सेवा सुचारु गर्ने व्यहोरा क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिएका छन । यस संस्थाले निक्षेप सदस्यको रुपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचयल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी लगायतका सेवाहरु प्रदान गर्ने समेत जानकारी गराए ।