नेपाल राष्ट्र बैंकको ६५औँ वार्षिकोत्सवः नयाँ वेवसाइट लञ्च

आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते आइतबार
काठमाडौँ । नेपाल राष्ट्र बैंक स्थापना भएको आज ६५ वर्ष पूरा भएको छ । यसै अवसरमा राष्ट्र बैंकले नयाँ वेवसाइट लन्च गरेको छ ।
६५ औं वार्षिकोत्सवको अवसर पारेर पुरानो वेवसाइटलाई आधुनिक र सूचना प्रविधिमैत्रीका रुपमा विकास गर्न नयाँ वेवसाइट लञ्च गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको नयाँ साइटमा हेर्नेले एक क्लिकमा धेरै कुरा थाहा पाउन सक्छन् । होम पेजमै अल्पकालीन ब्याजदर, वैदेशिक मुद्रा विनिमय दर, बैंकको वार्षिक प्रतिवेदन, बैंकको रणनीतिक योजना लगायतका तथ्यांकले स्थान पाएका छन् ।