stcnepal long ad
ime life insurance
global ime bank long

वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

 

काठमाडौँ । ८ माघ । मेगा बैंक नेपाल लिमिटेडले सुर्खेतमा नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । देशका बिभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैंकले सुर्खेत स्थित नेपाली सेनाको उत्तर पश्चिम तालिम शिक्षालय लेख पर्सामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा मेगा बैंक सुर्खेत शाखाका प्रबन्धक बिक्रम थापाले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादन मुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी विशाल सिंहले सेनालाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरी बैंकिङ प्रक्रिया, सेवा, सुविधाका बारेमा जानकारी गराइ दिएकोमा धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली सेनाका बिभिन्न दर्जाका १ सय जनाको सहभागिता रहेका थिए ।

prabhu mahalaxmi
kumari