stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपालको पहिलो मौद्रिक नीति यस्तो थियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा प्रथम मौद्रिक नीति आर्थिक २०५९/६० मा सार्वजनिक गरिएको थियो । मौद्रिक नीति ल्याउने प्रचालनको सुरुवात तत्कालिन गभर्नर डा. तिलक रावलले गरेका हुन् । गभर्नर रावलले २०५९ असार ३२ गते पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन–२०५८ आएपछि नेपालको राष्ट्र बैंकले हरेक वर्ष मौद्रिक नीति जारी गर्दै आएको छ ।

आर्थिक वर्ष २०५९/६० देखि राष्ट्र बैंकले आर्थिक गतिविधिको विश्लेषण, आगामी आर्थिक परिदृष्य र अघिल्लो वर्ष जारी गरिएको मौद्रिक नीतिको मूल्याङ्कन गरी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ ।

त्यो समयमा ल्याएको मौद्रिक नीतिले सरकार आर्थिक वृद्धिको लागि व्याजदर, मार्जिन दर, प्रत्यक्ष तर्फ अनिवार्य तरलता अनुपात (एसएलआर ), अप्रत्यक्ष तर्फ अनिवार्य नगद मौज्दात ९सिआरआर०, ओपन मार्केट अप्रेसन जस्ता मौद्रिक उपकरण प्रयोग रिएको थियो ।

रावलले ल्याएको मौद्रिक नीतिमा मूल्य वृद्धिको लक्ष्य ४ प्रतिशतमा सिमित गर्ने लक्ष्य राखेका थिए । मनी सप्लाई ११.२ प्रतिशत रहने भनिएको थियो ।

उक्त मौद्रिक नीतिको मुख्य लक्ष्य भनेको मूल्य स्थिरता कायम राख्न र दिगो विकासको लागि भुक्तानी प्रणाली सन्तुलन राख्ने लक्ष्य लिइएको थियो ।

उक्त मौद्रिक नीतिमा नयाँ बैंक तथा वित्तीय संस्था खोल्नको लागि चुक्ता पुँजी अभिवृद्धिका  साथै  संस्थापक शेयरको बेचबिखन र  संस्थापकहरुको  योग्यताको स्पष्ट व्यवस्था गरिएको थियो ।

 

prabhu mahalaxmi
kumari