stcnepal long ad
global ime bank long

सिटिजन लाइफको विशेष साधारणसभा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारणससभा सम्पन्न भएको छ । कम्पनीले मर्जरको लागि आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्दै आज विशेष साधारणसभा सम्पन्न गरेको हो ।

उक्त विशेष साधारणससभाले पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनोट गर्न सञ्चालन समितिलाई पूर्ण अख्तारी दिने प्रस्ताव पारित गरेको छ।

विशेष साधारणससभाले आगामी चार वर्षका लागि संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालक निर्वाचन प्रकृयाद्वारा निर्वाचित भएका छन् । निर्वाचित संचालकहरुमा प्रदीप जङ्ग पाण्डे,  सुमित कुमार अग्रवाल्,  महेश स्वाँर र मनोज कार्की निर्विरोध निर्वाचित भएका हुन् ।

विशेष प्रस्तावमा समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिको लागि बीमा समिति समक्ष निवेदन दिने, आवस्यकता अनुसार सम्पत्ती तथा दायित्वहरुकव मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्ने तथा एक आपसमा गाभ्ने गाभिनेसँग सम्बन्धित प्रचलित नियम कानुन तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नु पर्ने सम्पूर्ण आवस्यक कार्य, प्रकृयाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सम्दर्भमा नियामक निकायहरुले निर्देशन गरे बमोजिम विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिएको छ ।

कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा पूँजी बृद्धि एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित भएको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय भएको हो ।

IME Lifesidebar
kumari