३० अर्बले हिमालयन बैंकको कर्जा बढ्यो
काठमाडौं । एक वर्षको अवधिमा हिमालयन बैंकले २० अर्ब रुपैयाँले निक्षेप बढाएको छ भने कर्जा ३० अर्ब रुपैयाँले बढाएको छ ।
बैंकले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा १ खर्ब ७१ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
०७८ असार मसान्तसम्ममा बैंकले १ खर्ब ४० अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
निक्षेपभन्दा बढी कर्जा बढाएपछि बैंकको सीडी रेसियो र एलडी रेसियोमा निकै टाइट हुन पुगेको छ । ०७९ असार मसान्तमा बैंकको सीडी रेसियो ८८ प्रतिशत छ भने तरलता अनुपात २३।१७ प्रतिशत कायम भएको छ ।






















