मेगा बैंकले सातै प्रदेशका यी शाखाबाट आज बैंकिङ सेवा (सूचीसहित)

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार
काठमाडौँ । मेगा बैंकले आजपनि सातै प्रदेशमा रहेका केही शाखा कार्यालयहरु खुल्ला गरी बैंकिङ सेवा प्रदान गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देशभर लकडाउन आदेश जारी भएको अवस्थामा पनि नेपाल सरकार र राष्ट्र बैंकको निर्देशन अनुसार अत्यावश्यक सेवा अन्तरगत बैंक खुल्ला गर्दै आएको हो ।
आज पनि सातै प्रदेशका सीमित शाखाबाट बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैंकिङ सेवा प्रदान गरिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।