stcnepal long ad
global ime bank long

जापानले नेपालमा रहेका आफ्ना नागरिक आज लैजाँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार

काठमाडौँ । जापानले पनि नेपालमा रहेका आफ्ना नागरिक लैजाने भएको छ । नेपाल एयरलाइन्सको विमान आज शुक्रबार जापानी नागरिक लिएर जापान प्रस्थान गर्न लागेको नेपाल वायुसेवा निगमले जनाएको छ । विमान साँझ ८ बजे नेपालबाट जापानका लागि प्रस्थान गर्नेछ ।

कोरोना भाइरसको विश्वव्यापी महामारी र निरन्तरको लक डाउनका कारण विभिन्न देशले धमाधम नेपालमा रहेका आफ्ना नागरिकहरु विमान चार्टर्ड गरेर लगिरहेका छन् । यस अघि अमेरिका, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स र नेदरल्यान्ड्ले नेपालबाट आफ्ना नागरिक फिर्ता लगेका छन् ।

IME Lifesidebar
kumari