महालक्ष्मी विकास बैंक र ईसेवा फोन पे प्रा.लि.बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । ग्राहकहरुलाई अझै सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नका लागि महालक्ष्मी विकास बैंक र ईसेवा फोन पे प्रा. लि.बीच माघ ५ गते आईतबार एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस सम्झौतामा उल्लेख भए बमोजिम ग्राहकहरुले ईसेवा फोन पे का एजेन्टहरु मार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन । उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्क रुपमा मोवाइल बैंकिङ सेवा, एटिएम सेवा र डलर कार्ड सेवा उपलब्घ गराउने छ । उक्त सम्झौतापत्रमा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ईसेवा फोन पे प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरेका थिए । बैंकले आगामी दिनमा ईसेवाको अत्याधुनिक डिजिटल प्रविधिसँग सहकार्य गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदातत्पर रहने कुरा बैंकले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।