citizens life insurance long ad
stcnepal long ad

सिटिजन्स बैंकको ४ नयाँ शाखा सञ्चालनमा

Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा २०७६ साल माघ ५ गते बाट थप चार वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले चितवनको टाँडी, लमजुंगको भोटेओडार, कपिलवस्तुको जितपुर तथा नुवाकोटको देवीघाट शाखाहरु सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरुको शुभारम्भ समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाली जन माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आमनागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहँुच प्रदान गर्ने उद्देश्यका साथ बैंकले बागमती प्रदेशको टाँडी र देवीघाट, गण्डकी प्रदेशको भोटेओडार र प्रदेश न ं५ को जीतपुरमा शाखा विस्तार गरेको छ ।
यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउँने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो,चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।
सरकारले वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवद्र्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ । यसलाई मुर्त रुप प्रदान गर्न यस बैंकले थप ४ वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । संघीयतालाई दह्रो र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गर्दै आएको यस बैंकले प्रदेश नं १ मा ११, प्रदेश नं २ मा ८, बागमती प्रदेशमा ३९, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा १३, कर्णाली प्रदेशमा ७ तथा सुदुरपश्चिम प्रदेशमा ५ गरी कुल ८९ वटा शाखा कार्यालयहरुबाट ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधि मैत्री योजनाहरु समेत सञ्चालनमा ल्याएको छ । सिटिजन्स बैंकले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजत प्राप्त सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर समेत गरिसकेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०३ पुग्ने छ भने प्रदेश नं २ मा थप १३ तथा बागमती प्रदेशमा १ शाखाहरु सञ्चालनमा आउने छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

IME Life
kumari