नेपाल बैंकले सातै प्रदेशको कोरोना रोकथाम कोषलाई पाँच/पाँच लाख दिने

आर्थिक सञ्जाल चैत्र १८, २०७६ मंगलबार
काठमाडौं । नेपाल बैंकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रदेश सरकारहरुले स्थापना गरेका कोषहरुमा पाँच पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
बैंकका अध्यक्ष बासुदेव अधिकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सबै प्रदेशलाई पाँच पाँच लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिए ।
बैंकले यस अघि नै संघीय सरकारको स्थापना गरेको कोरोना कोषमा एक करोड रुपैयाँ दिई सकेको छ । संघ र प्रदेशलाई गरि बैंकले एक करोड ३५ लाख रुपैयाँ कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपलब्ध गराएको छ ।
नेपाल बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाममा प्रदेश सरकारसँग हातेमालो गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक प्रदेशलाई रू ५/५ लाखका दरले सहयोग गर्ने निर्णय गरेको छ ।