खल्ती वालेटमा पहिलो पटक बैंक खाता लिंक गर्नेलाई १०० रुपैयाँ बोनस
काठमाडौं । खल्ती डिजिटल वालेटले पहिलो पटक बैंक खाता खल्तीमा लिंक गरेमा १०० रुपैयाँ बोनस दिने भएको छ । यो अफर लोड गर्ने झन्झटबाट मुक्त गरी अनलाइन भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको खल्तीले जनाएको छ ।
हाल, खल्तीमा लिंक गर्न योग्य २० बैंकहरू उपलब्ध छन् । तसर्थ, पहिलो पटक आफ्नो बैंक खाता खल्तीमा लिंक गर्ने प्रयोगकर्ताहरूलाई मात्र बोनस उपलब्ध हुनेछ ।
बैंकहरू लिंक गर्न प्रयोगकर्ताले आफ्नो ग्राहक पहिचान (केवाइसी ) प्रमाणित गर्नुपर्छ । यो अफर चैत्र ९ गतेदेखि वैशाख ८ गतेसम्म लागू हुने खल्तीले जानकारी गराएको छ ।
प्रयोगकर्ताहरूले एक पटक खल्तीमा बैंक लिंक गरिसकेपछि पैसा लोड नगरी केही सेकेन्ड मै भुक्तानी र बैंक ट्रान्सफर गर्न सक्नेछन् । यसले विद्युत, पानी, इन्टरनेट, राजस्व र अन्य उपलब्ध सेवाहरूको भुक्तानी गर्न थप सजिलो बनाउने छ ।

























