stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रधानमन्त्रीको भारत चैत १८ देखि २१ सम्म भ्रमण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र चैत्र १८ देखि २१ गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ । स्रोतका अनुसार आज बिहीबार साँझसम्म प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक निर्णय हुने सम्भावना छ ।भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ ।

देउवा भारत जानुअघि चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि नेपाल आउँदै छन् । परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणमा चिनियाँ मन्त्री यी शुक्रबार नेपाल आउन लागेका हुन् । चिनियाँ विदेशमन्त्रीको भ्रमण लगत्तै देउवा भारत जान लागेका हुन् ।

prabhu mahalaxmi
kumari