stcnepal long ad
global ime bank long

नेपाल इन्भेस्टमेन्ट बैंकद्धारा विशेष साधारण सभा आह्वान, हिमालयन बैंकसँगको मर्जर स्वीकृत गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको पुस ११ गते बसेको बैठकले विशेष साधारण सभा आगामी माघ ४ मा आयोजना गर्ने निर्णय गरेको छ।

सभा काठमाडौंको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुने जनाएको छ। सभाले इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंक आपसमा मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ।

मर्जर प्रयोजनका लागि निर्धारण गरिएको सेयर स्वाप रेसियो १ः१ हुने गरी आपसमा मर्जर गर्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

दुवै बैंकबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्र तथा अन्य भए गरेका सम्झौताहरुको अनुमोदन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

मर्जर स्वीकृतिका लागि नियमनकारी निकायहरुमा निवेदन गर्न र मर्जरसँग सम्बन्धित प्रचलित कानुन, निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य गर्न तथा गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

मर्जरपछि बैंकको नाम ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’ हुने गरी संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

मर्जरपछि संस्थापक र सर्वसाधारण सेयरको स्वामित्व प्रतिशतसमेत फेरबदल हुने भएकोले सोहीअनुसन्धान प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्ने बताइएको छ।

IME Lifesidebar
kumari