citizens life insurance long ad
stcnepal long ad

एनएमबि बैंक र भिजा बीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजासँग ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता गरेको छ।

भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रहरूमा सफलतापूर्वक सञ्चालनमा आइसकेको बैंकले जानकारी दिएको छ।

यस सम्झौता पश्चात् एनएमबि बैंकका ग्राहकहरूलाई विदेशमा रकम पठाउने नयाँ र सहज विकल्प प्राप्त हुने बैंकले विश्वास व्यक्त गरेको छ।

यो प्रविधि प्रयोग गरी ग्राहकहरूले झन्झटविना अझ भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्ने बैंकले जनाएको छ।

एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटीएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

IME Life
kumari