मञ्जुश्री फाइनान्स सहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । मञ्जुश्री फाइनान्स लि.सहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १४ गते अन्तिम मौका रहेको छ। मञ्जुश्री फाइनान्स लि., चिलिमे हाइड्रोपावर कम्पनी लि., समिट लघुवित्त संस्था, इन्फिनिटी लघुवित्त संस्था र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंक लि.को लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ।
लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज पुस १४ गतेसम्म कायम सेयरधनीहरु यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षका लागि कुल ४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ४० प्रतिशत बोनस र ६ प्रतिशत नगद (करसहित) रहेको छ।
प्रस्तावित लाभांश मञ्जुश्री फाइनान्सको यही पुस २९ गते हुने १४ औँ वार्षिक साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ।
यसैगरी चिलिमे हाइड्रोपावरले गत आर्थिक वर्षका लागि ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीकोे यही पुस २३ गते हुने २५ औँ वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन्।
समिट लघुवित्तले गत आर्थिक वर्षका लागि कुल २५.२८५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयर संस्थाको यही पुस २४ गते हुने १३ औँ वार्षिक साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
यस्तै इन्फिनिटी लघुवित्तले गत आर्थिक वर्षका लागि कुल २९.६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २७.७ प्रतिशत बोनस र १.४६ प्रतिशत नगद (कर प्रयोजनार्थ)( छन्।
प्रस्तावित लाभांश संस्थाको यही पुस २७ गते हुने पाँचौँ वार्षिक साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ।
एनआरएन इन्फ्रास्ट्रक्चरले गत आर्थिक वर्षका लागि कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद (करसहित) छन्। प्रस्तावित लाभांश कम्पनीको यही पुस २९ गते हुने नवौँ वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउने छन्।






















