एभरेष्ट बैंकले रु.२ अर्बको ऋणपत्र निष्कासन गर्ने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले रु. २ अर्बको ऋणपत्र निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले एभरेष्ट बैंकलाई गत मंसिर २० गते ऋणपत्र निष्कासनको अनुमति दिएको छ।
बोर्डको अनुमतिसँगै अब बैंकले १ हजार अंकित दरका कुल २० लाख इकाइ भएको ‘एभरेष्ट बैंक डिबेन्चर’ नामक ऋणपत्र निष्कासन गर्नेछ।
कुल इकाइमध्ये बैंकले १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी ८ लाख इकाइ भने सर्वसाधारणका लागि निष्कासन गरिनेछ। यो ऋणपत्र आठ वर्षे अवधिको हो। यसमा बैंक वार्षिक ८।५ प्रतिशत ब्याज उपलब्ध गराउने छ।
एभरेष्ट बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।






















