citizens life insurance long ad

नेपाल राष्ट्र बैंकद्वारा भोली मंगलबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपाल राष्ट्र बैंकअन्तर्गत बैंक तथा वित्तीय संस्था नियमन विभागले भदौ २३ गते मंगलबार ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

विभागले आज सार्वजनिक सूचना जारी गर्दै रसुवा, नुवाकोटलगायत जिल्लामा भदौ १० गते आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई राहत वितरण, आर्थिक परिचालन तथा उद्धार कार्यमा सघाउ पुर्‍याउने प्रयोजनका लागि राष्ट्र बैङ्कले ‘काउन्टर/बैङ्किङ सेवा’ सञ्चालन गर्ने निर्णय गरेकाले सोही अनुसार बैङ्किङ सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको हो।

मन्त्रिपरिषद्को भदौ १८ गतेको निर्णयअनुसार भदौ २३ गते जेन्जी सहिद दिवसका अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त दिन अत्यावश्यक बैङ्किङ सेवा बन्द नगरी नियमित सञ्चालन गर्न विभागले निर्देशन दिएको हो।

IME Life
kumari