stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिटिजन्स बैंकद्वारा सुर्खेतमा आफ्नै सुविधा सम्पन्न भवनबाट बैंकिंग सेवा संचालन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार,९ चैत्र २०७६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २०७६ साल चैत्र ९ गतेदेखि हाल रहेको सुर्खेत शाखा कार्यालय भन्दा करिव ५०० मिटर दक्षिण—पश्चिममा रहेको जुम्ला रोड, विरेन्द्र नगरपालिका वार्ड न ६, सुर्खेत स्थित आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरि बैंकिंग कारोबार संचालन गरेको छ ।

उक्त भवनबाटै कर्णाली प्रदेश अन्तर्गत बैंकका ७ वटा शाखाहरु (डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड र सिमिकोट तथा सुर्खेत) बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यका साथ प्रादेशिक कार्यालय स्थापना गरिएको छ । पूजा पाठ गरी बैंकले सुर्खेत शाखा र कर्णाली प्रदेशको प्रादेशिक कार्यालय संचालनमा ल्याएको हो ।
आफ्नै सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सुर्खेतलाई केन्द्र विन्दु बनाएर क्रियाशील रहेका गैर सरकारी संस्थाहरुको आर्थिक कारोवारलाई सहजिकरण गर्न यस शाखाले विभिन्न योजनाहरु संचालन गर्दै आएकोमा त्यसलाई थप प्रभावकारी र परिस्कृत गर्न विभिन्न आकर्षक योजनाहरु आफ्नै सुविधा सम्पन्न भवनबाट संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

आयात, निर्यात, व्यापार तथा अन्य व्यवसायिक क्षेत्रमा प्रचुर सम्भावना रहेको र यसलाई टेवा पु¥याउने हेतुले विभिन्न नयाँ योजनाहरु प्रभावकारी ढंगले संचालन गर्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९४ वटा शाखा, ९४ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

कोरोना भाइरस (COVID-19) ले सृजना गरेको विषम परिस्थितिको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।

यस साथ साथैनोट तथा अत्याधिक भिडभाड बाट कोरोना भाइरस (COVID-19) को संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै बैंकले यस बैंकको ए.टि.एम कुनै पनि बैंकको एटिएम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

 

IME Lifesidebar
kumari