stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिटिजन्स बैंकको विशेष साधारणसभा स्थगित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार,९ चैत्र २०७६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो पाँचौ विशेष साधारणसभा स्थगित गरेको छ । बैंकले भोली चैत १० गते काठमाडौंको डिल्लीबजारमा गर्न लागेको उक्त विशेष साधारणसभा हाललाई स्थगित गरेको हो ।

विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जोखिम र नेपाल सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाईएकोले सो निर्देशन र सूचनाको परिपालना गर्दै उक्त सभा स्थागित भएको हो ।

बैंकको संचालक समितिको चैत ८ गते शनिवारका दिन सम्पन्न बैठकको निर्णय अनुसार अर्को सूचना नभएसम्मको लागि उक्त विशेष साधारण सभा हाललाई स्थगित गरिएको कुरा बैंकले जनाएको छ । यसबाट शेयरधनीहरुलाई पर्न गएको असुबिधा प्रति बैंक क्षमाप्राथि रहेको छ ।

बैंकले हाल आफ्ना ९४ वटा शाखा, ९४ वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।

IME Lifesidebar
kumari