कुमारी बैंकले सेयरधनीलाई ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौँ । कुमारी बैंक लिमिटेडले सेयरधनीहरूले ६ प्रतिशत बोनस सेयर पाउने भएका छन् ।बैंकको २१ औँ वार्षिक साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६ प्रतिशत बोनस शेयर तथा बोनस शेयर बापत लाग्ने कर प्रयोजनको लागि समेत गरी २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।
सञ्चालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि साधारण सभाको छलफलमा समावेश गरिनेछ । प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन् ।
सो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ हुनेछ । आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म बैंकले कुल निक्षेप १५७ अर्ब १७ करोड रुपैयाँ परिचालन तथा कुल कर्जा रकम १४३ अर्ब ७७ करोड रुपैयाँ प्रवाह गरी सञ्चालन मुनाफा ३ अर्ब १९ करोड रुपैयाँ तथा १ अर्ब ९७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।