नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने घोषणा
बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ३३.६ प्रतिशत बोनस सेयर र कर सहित ४.४ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो

काठमाडौं । नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ३३.६ प्रतिशत बोनस सेयर र कर सहित ४.४ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
यस प्रस्तावलाई नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र लगानीकर्ताले पाउने छन् ।