stcnepal long ad
global ime bank long

पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । वरिष्ठ मानवाधिकारवादी नेता पद्मरत्न तुलाधरको तेस्रो पुण्यतिथिका अवसरमा ‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’ गठन गरिएको छ । काठमाडौंको शंखधर उद्यान (पुरानो रत्नपार्क) भित्र काठमाडौं महानगरपालिकाले स्थापना गरेको तुलाधरको प्रतिमामा माल्यार्पण गर्दै उक्त प्रतिष्ठानको घोषणा गरिएको थियो ।

उक्त घोषणासभामा सम्बोधन गर्र्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पद्मरत्न तुलाधरले आफ्नो स्वास्थ्यको पर्वाह गरी देशको स्वास्थ्यप्रति बढी चिन्ता लिनु भएकै कारणले तीन वर्ष अघि उहाँको असामयिक निधन भएको बताउनुभयो ।

तुलाधरको स्मरणमा महानगरपालिकाले शंखधर उद्यान भित्र उनको पूर्णकदको सालिक स्थापना गरेको बताउँदै मेयर शाक्यले भन्नुभयो, ‘तुलाधर नेवार परिवार भित्र जन्मेका एक राष्ट्रिय नेता हुनुहुन्छ । उहाँकै पछि लागेर हामी पनि राष्ट्रियता, समानता र समावेशिताको आन्दोलनमा सहभागी भएका हौँ ।

काठमाडौंको मौलिकता संरक्षण गर्न धर्मपथस्थित काठमाडौं महानगरपालिकाको पुरानो भवन रहेको जग्गामा अब २७ करोड रुपैयाँको लागतमा ‘येँ देय् सांस्कृतिक छेँ’ नामक सांस्कृतिक भवन बनाउन लागिएको पनि बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं पूर्व सभामुख दमननाथ ढुंगानाले देश बनाउने मामिलामा पद्मरत्न तुलाधरले जुन वृहत् दृष्टिकोण बनाउनुभयो त्यसलाई कुनै पनि राजनीतिक पूर्वाग्रहले हेर्न नहुने बताउँदै भन्नुभयो, ‘पद्मरत्न तुलाधर काठमाडौंले जन्माएको नेता हुनुहुन्छ, उहाँले आफ्नो राम्रो कामबाट काठमाडौंको छबी नै उठाइ दिनुभएको छ ।’

कार्यक्रममा प्रतिष्ठानका संरक्षक जनकवि दुर्गालाल श्रेष्ठ, संघीय व्यवस्था मन्त्री राजेन्द्र श्रेष्ठ, डा। ओम गुरुङ, नागरिक आन्दोलनकारी श्याम श्रेष्ठ, मल्ल के. सुन्दर, स्वर्गीय तुलाधरकी छोरी सुम्निमा तुलाधरले पनि बोल्नुभएको थियो ।

IME Lifesidebar
kumari