citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

बैंक भन्दा बीमा कम्पनीको शेयर मूल्य आकासियो

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । निर्जीवन बीमा कम्पनी समूहको परिसूचक १० हजार माथि छ भने वाणिज्य बैंक समूहको परिसूचक ६ सयको हाराहारीमा रहेको छ । पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुको न्युनतम सेयर मूल्य ६०० रुपैयाँभन्दा बढी छ । तर अधिकांश वाणिज्य बैंकको सेयर मूल्य भने ३०० देखि ५०० रुपैयाँको हाराहारीमा रहेको छ ।

दोस्रो बजारमा वाणिज्य बैंकभन्दा बीमा कम्पनीको सेयर मूल्य बढी छ । वार्षिक १५/२० प्रतिशत लाभांश दिने बैंकभन्दा १०/१२ प्रतिशत लाभांश वितरण गर्ने बीमा कम्पनीको सेयरमा लगानीकर्ताले बढी मूल्य तिरिरहेका छन् किन ?

बैंकिङ समूहमा नबिल बैंकको सेयर सबैभन्दा बढी छ । जसको मूल्य प्रतिकित्ता १३ सय हाराहारीमा छ । निर्जीवन बीमा तर्फ राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य सर्वाधिक माथि छ, जसको मूल्य प्रतिकित्ता १८ हजार रुपैयाँको हाराहारीमा छ ।

यो कम्पनीले विगत ९ वर्षदेखिको साधारणसभा समेत गर्न नसकेकोले बीमा समितिले कारवाही गरेको छ । तर पनि शेयर मूल्य आकासिएको छ।

वाणिज्य बैंकमा सबैभन्दा सस्तो सेयर मूल्य सेञ्चुरी कमर्शियल बैंक लि।को रहेको छ । जसले गत वर्ष ७.५ प्रतिशत लाभांश दिएको थियो । सेञ्चुरी बैंकले गत असार मसान्तसम्ममा ७५ करोड रुपैयाँ नाफा गरेको छ ।

निर्जीवन बीमा कम्पनीमा सबैभन्दा सस्तो सेयर मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ जनरल इन्स्योरेन्सको छ । जसले गत असार मसान्तमा नाफा ९ करोड रुपैयाँ गरेको थियो ।

किन भयो बीमाको सेयर महँगो ?

बीमा कम्पनीले दिने लाभांश धेरै छैन तर पनि शेयर मूल्य बढेको बढयै छ। सेयर आपूर्ति नै कम भएकोले बीमा समूहको सेयर मूल्य उच्च हुन गएको हो । एक दिनको सेयर कारोबारलाई हेर्दा पनि उक्त कुरा प्रष्ट हुने गरेको छ ।

गत असोज ४ गते नेप्से बजारमा ननलाईफ इन्स्योरेन्सको ४ लाख १२ हजार ४११ कित्ता सेयर ४० करोड रुपैयाँमा कारोबार हुदाँ वाणिज्य बैंकको सोहि दिन ३५ लाख ५३ हजार कित्ता सेयर किता सेयर १ अर्ब ६० करोड रुपैयाँ मा कारोबार भएको थियो ।

सेयर कित्ता कारोबारका आधारमा बीमा समूह भन्दा बैंकिङ समूह साढे आठ गुणा बढी छ । रकम पनि साढे दुई गुणा बढी छ ।

कूल २० वटा बीमा कम्पनीले निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । जसमध्ये १८ वटा कम्पनीको सेयर दोश्रो बजारमा सूचीकृत छन् ।

सबै निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २० अर्ब १७ करोड रुपैयाँ मात्र रहेको छ । जसको साधारण सेयर हिस्सा ८ अर्ब १६ करोड रुपैयाँ बराबर हुन्छ ।

सूचीकृत सबै निर्जीवन बीमा कम्पनीहरुको सेयर पुँजी भन्दा ग्लोबल आईएमई बैंक एउटाको सेयर पुँजी बढी देखिन्छ । साधारण सेयर पनि सबै निर्जीवन बीमा कम्पनीहरुको योगभन्दा ग्लोबल आईएमई बैंक लि। एउटैको बढी छ ।

ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । जुन सूचीकृत निर्जीवन बीमा कम्पनीको भन्दा एक अर्ब ४६ करोड रुपैयाँले बढी हो ।

त्यस्तै, बजारमा साधारण सेयरको हिस्सा पनि निर्जीवन बीमा क्षेत्रको भन्दा ग्लोबल आईएमई बैंककै ९८ करोड रुपैयाँले बढी छ । बजारमा बीमा समूह अन्तर्गतका कम्पनीका सेयरको सप्लाई कम भएकै कारण उनीहरुको सेयर मूल्य बढी भएको बताइन्छ ।

बीमा कम्पनीहरुले पुँजी बढाउन हकप्रद सेयर जारी गर्ने आशाले पनि बीमा कम्पनीहरुको सेयर मूल्य उच्च भएको हो । निर्जीवन बीमा कम्पनीमा सबैभन्दा बढी चुक्ता पुँजी शिखर इन्स्योन्स लि।को रहेको छ ।

हाल शिखर इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । त्यस्तै नेको इन्स्योरेन्सको १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ भने बाँकीको साढे १ अर्ब भन्दा कम नै रहेको छ । जसमध्ये राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा कम चुक्ता पुँजी रहेको छ । हाल यश कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ मात्रै रहेको छ ।

त्यसैगरि ९ इन्स्योरेन्स कम्पनीमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयर रहेको छ । शिखर, नेपाल इन्स्योरेन्स, एनएलजी, प्रभु, आईएमई जनरल, सिद्धार्थ, हिमालयन जनरल, प्रिमियर र यूनाईटेड इन्स्योरेन्सको चुक्ता पुँजीको ४९ प्रतिशत सेयर साधारण रहेको छ ।

राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा कम बजार हिस्सा रहेको छ । संस्थाको चुक्ता पुँजीको १२.२ प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको साधारण सेयर छ भने बाँकी २३ करोड रुपैयाँ संस्थापक सेयर रहेको देखिन्छ ।

himalayan life insurance
igi long