stcnepal long ad
global ime bank long

कर्पोरेट भवन निर्माण गर्न मेगा बैंकले रु. १.१६ अर्ब बढीको जग्गा खरिद गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले १ अर्ब १६ करोड रुपैयाँ बढीको जग्गा खरिद गर्ने सञ्चालक समिति बैठकबाट निर्णय गरेको छ।

मेगा बैंकको सञ्चालक समितिको आज असोज २४ गते बिहान बसेको बैठकले १ अर्ब १६ करोड १ लाख १ हजार रुपैयाँको जग्गा खरिद गर्ने निर्णय गरेको छ। काठमाडौं महागरपालिका–५ स्थित जग्गा उक्त मूल्यमा बैंकको नाममा खरिद गर्ने निर्णय बैठकले गरेको छ।

उक्त जग्गा बैंकको कर्पोरेट कार्यालय भवन निर्माण गर्ने प्रयोजनका लागि खरिद गर्ने निर्णय गरिएको सञ्चालक समितिले जनाएको छ ।

उक्त जग्गामा बैंकले कर्पोरेट कार्यालय भवन निर्माण गर्नेछ। हाल बैंकको कर्पोरेट कार्यालय काठमाडौंको कमलादीस्थित राइजिङ मलमा रहेको छ।

IME Lifesidebar
kumari