stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

काठमाडौमा साधना लघुवित्तको ९३औं शाखा 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. १, रानीवन प्लानिङ्गमा आफ्नो ९३ औं शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा शनिबारका दिन नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले सो शाखाको उद्घाटन गरेका थिए ।

वित्तीय संस्थाको नयाँ शाखा संचालनमा आएसँगै वित्तीय संस्थाले काठमाडौं उपत्यककाबाट पनि आप्mनो वित्तीय सेवा प्रदान गर्ने भएको छ ।

वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको २५% बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.३१५७८९५% गरी जम्मा २६.३१५७८९५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न यहि कात्र्तिक १३ गते पाँचौ वार्षिक साधारण सभा समेत डाकेको छ ।

राष्ट्रिय स्तरको यस साधना लघुवित्तले यसै वर्ष १४ वटा शाखा संचालानमा ल्याएको छ । देशैभर शाखा सञ्जाल, दक्ष वित्तीय व्यवस्थापन समूह दक्ष कर्मचारीहरुमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।

 

himalayan life insurance
igi long
NTA long ad