stcnepal long ad
global ime bank long

दशैं तिहारको बिदाका दिन हिमालयन बैंकका शाखा खुल्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बडादशैं र तिहारको बिदाका दिनमा पनि बैंकिङ सेवा प्रदान गर्ने भएको छ। हिमालयन बैंकले बडादशैंको फूलपाती (असोज २६ गते) र महाष्टमीका दिन (असोज २७ गते) ठमेल शाखा खुला राखी बैंकिङ सेवा प्रदान गर्नेछ।

यो शाखा यी दुवै दिन बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म खुला रहने हिमालयन बैंकले जनाएको छ। यसैगरी तिहारको लक्ष्मी पूजाका दिन कात्तिक १८ गते पनि ठमेल शाखा खुला रहने छ। यो दिन ठमेल शाखा बिहान १० बजेदखि अपराह्न १ बजेसम्म खुला रहने बैंकले जनाएको छ।

यसैगरी असोज २१ गतेका दिन प्रदेश नं. १ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो दिन दमक शाखा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म खुला रहने बैंकले जनाएको छ। सार्वजनिक बिदाका दिनमा पनि आफ्ना ग्राहकहरुलाई अत्यावश्यक सेवा उपलब्ध गराउने अभिप्रायले यी शाखाहरु खोल्ने निर्णय गरिएको बैंकले जनाएको छ।

No description available.

IME Lifesidebar
kumari