stcnepal long ad
global ime bank long

नबिल बैंकको टिमुरे शाखा धुन्चे शाखामा गाभिदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको नबिल बैंक लिमिटेडको टिमुरे शाखा धुन्चे शाखामा समायोजन हुने भएको छ।

सो बैंकले आफ्ना व्यापारिक र स्थानीय ग्राहकहरूलाई नियमित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले टिमुरे शाखालाई धुन्चे शाखामा समायोजन गर्न लागेको छ।

नबिल बैंकका अनुसार २०८३ भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण रसुवाको टिमुरेमा रहेको शाखा कार्यालय बग्नुका साथै पूर्ण रूपमा क्षति भएको थियो।

सोही स्थानमा निकट भविष्यमा समेत शाखा सञ्चालन गर्न सक्ने अवस्था नरहेपछि उक्त शाखालाई धुन्चे शाखामा समायोजन गर्ने निर्णय बैंक व्यवस्थापन र सञ्चालक समितिले गरेको छ ।

टिमुरे शाखा २०८३ असोज १ गतेदेखि धुन्चे शाखामा समायोजन गरी बैंकिङ कारोबार सञ्चालन गरिने बैंकले जनाएको छ।

समायोजनपछि धुन्चे शाखाबाट ग्राहकले टिमुरे शाखाबाट प्राप्त गर्दै आएका सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू पूर्ववत रूपमा लिन सक्ने बैंकले जनाएको छ।

IME Lifesidebar
kumari