stcnepal long ad
ime life insurance
national life
global ime bank long

कुमारी बैंक र यती एअरलाइन्स प्रा.लि. बीच व्यवसायिक सहकार्यमा कुमारी स्काई क्लव कार्ड जारी गरिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लि. र निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्स प्रा.लि.ले व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपालमै पहिलो पटकSwipe and Fly Campaign को शुरुवात गर्नु भएको छ ।

यती एअरलाइन्सको स्काई क्लव कार्ड र कुमारी बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लव Co-brand कार्ड जारी गरिने छ ।

कुमारी बैंक लि.का निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले कुमारी स्काई क्लव कार्डका वाहकहरुले अब हरेक खरिदमा यो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगरे पनि हवाई यात्रा गरे सरह नै निश्चित अंक प्राप्त गरिने भएकोले हवाई यात्रा गर्न कुमारी बैंकका ग्राहकहरु समेत प्रोत्साहित हुने विचार व्यक्त गर्नुभयो ।

अब एअरलाइन्स र बैंकका साझेदार ग्राहकहरुले जुनसुकै समयमा यो सुविधा प्राप्त गर्न सक्ने यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालज्यूले बताउनुभयो ।

हवाई र वित्तीय क्षेत्रबीच यस किसिमको व्यवसायिक सहकार्य विल्कुलै पृथक शैलीमा नेपालमै पहिलोपटक भएको हो । त्यसकारण पनि यो सहकार्य दुवै पक्षको लागि नवीन एवं महत्वपूर्ण रहेको छ । यस कार्यक्रमले दुवै पक्षलाई नयाँ उचाई दिनुका साथै नयाँ आयाम थप्ने निश्चित भएको भन्दै सिइओ रिमालले आफ्नो विचार व्यक्त गर्नुभयो ।

“अब हाम्रा ग्राहकहरुले कुमारी स्काई क्लब कार्डबाट सामान तथा सेवाको भुक्तानी मात्र नभई भुक्तानी गरे बापत प्वाइन्ट्स पनि कमाउने छन् अनि सो प्वाइन्ट्सबाट ग्राहकहरुले यती एअरलाइन्सको निःशुल्क टिकट प्राप्त गरी उडान भर्न सक्नेछन् ।” यस प्रकारको सहकार्यले डिजिटल भुक्तानी बानीलाई थप प्रोत्साहन गर्ने विश्वास डिजिटल बैंकिंगका प्रमुख अनिष ताम्राकारले व्यक्त गर्नुुभयो ।

“अब दुईवटा कार्ड बोकिरहन पर्दैन, एउटैले नै दुबै कार्डको काम गर्नेछ”, यती एअरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले जानकारी दिँदै भन्नुभयो, “बैंक र एअरलाइन्सको साझेदार ग्राहकहरुले जुनसकै स्थानमा कार्डबाट भुक्तानी गर्दा प्वाइन्ट्स जम्मा हुनेछ ।

निश्चित माइलेज प्वाइन्ट्स जम्मा भइसकेपछि साझेदार ग्राहकहरुले सजिलै उपभोग गर्न सक्नुहुनेछ र आवश्यकतानुसार यती एअरलाइन्सले उडान भर्ने नेपालको जुनसुकै गन्तव्यमा पनि निःशुल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइएको छ ।

कुमारी स्काइ क्लब कार्ड स्वाइप गरी रु. १०० भुक्तानी गर्दा १ प्वाइन्ट जम्मा हुने र हरेक खर्चलाई रिवार्ड गरिने भएकोले कार्यक्रमकोे ट्यागलाइन नै We Reward Your Spending राखिएको छ ।”

सेवाग्राहीको सुविधाका लागि विभिन्न साझेदारी संस्थासँग सहकार्य गर्दै आकर्षक सहुलियत कार्यक्रम गर्दै आएको कुमारी बैंक र यती एअरलाइन्सले भविष्यमा पनि आफ्ना सेवाग्राहीहरुलाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु थप गर्दै लगिने जनाएका छन् ।

सेवाग्राहीको सुविधालाई अग्रपंक्तिमा राखि कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ ए Þटि Þएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

IME Lifesidebar
kumari