citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ग्लोबल आईएमई बैंकले ६ प्रदेशमा कार्यालय भवन बनाउने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । चुक्ता पूँजीका आधारमा देशकै सबैभन्दा ठूलो ग्लोबल आइएमई बैंक लि.ले ६ वटा प्रदेशमा प्रादेशिक कार्यालय बनाउन जग्गा खरिद गर्ने भएको छ ।

बैंकले वाग्मती प्रदेश बाहेक अरु सबै प्रदेशमा आफ्नै प्रदेश कार्यालय भवन बनाउनका लागि जग्गा खरिद गर्न सार्वजनिक सुचना जारी गरेको छ।

बैंकले प्रदेश १ को विराटनगर र इटहरी, प्रदेश २ को वीरगञ्ज, जनकपुर, बर्दीबास र लाहान, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल र भैरहवा, कर्णालीको विरेन्द्रनगर र सुदूरपश्चिमको धनगढी र अत्तरीया बजारमा जग्गा खरिद गर्न लागेको छ ।

जग्गाको क्षेत्रफल कम्तीमा २ कठ्ठा र मुख ३० हात भएको हुनु पर्ने सुचनामा उल्लेख छ । यस्तै जग्गा राजमार्गले छोएको वा मूलबजार वा बजारको आन्तरिक स्थानमा भए कम्तीमा २० फुटे बाटोले छोएको हुनुपर्नेछ ।

उक्त मापदण्डको जग्गा बेच्न इच्छुक जग्गाधनीले असोज ५ गते भित्र आवेदन दिनुपर्ने छ । जग्गाधनीले जग्गाको क्षेत्रफल र मूल्यसमेत पेश गर्नु पर्ने बैंकले जनाएको छ ।

himalayan life insurance
igi long