citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पर्वका सकारात्मक पक्षलाई पुस्तान्तरण र परिवर्तन स्वीकार गर्न आवश्यक — उपप्रमुख खड्गी श्रेष्ठ

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । काठमाडौँ महानगरले आज मानव बेचविखन रोकथाम गर्न सचेतना अभिवृद्धि तथा महिला ससक्तिकरण सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ ।

महिलाहरुले विशेष महत्वका साथ मनाउने हरितालिका तीज पर्वका अवसरमा राष्ट्रिय सभा गृहमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, काठमाडौँ महानगरमा मानव ओसारपसारलाई नयाँ स्वरुपमा प्रयोग गरिएकोले यसप्रति आफू सचेत भएको बताउनुभयो ।

यस्ता विकृतिलाई रोक्न परम्परागत नैतिक पक्षले सघाउन पु¥याउने बताउँदै उहाँले पर्वबाट प्राप्त हुने सकारात्मक सन्देशलाई पुस्तान्तरण र परिवर्तनलाई स्वीकार गर्ने बेला आएको बताउनुभयो ।
संस्कारले जीवन व्यवस्थापनका धेरै कुरा सिकाउँछन् ।

परम्परागत रुपमा चलेका चलनको बैज्ञानिक पक्ष र त्यसको मर्म बुझेर नराम्रा कुरा छोड्नु पर्ने उहाँको भनाइ थियो ।

महिलामा क्षमता, सहास र आँट छ । यसलाई प्रयोग गरेर राजनीतिक नेतृत्वमा जान प्रयत्न गर्नुपर्छ । उहाँले महिलाहरुलाई सशक्तिकरणमार्फत माथिल्ला ठाउँमा पुग्ने प्रेरणा जगाउनु पर्ने बताउनुभयो ।

त्यस क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, सचेत समाज पनि मानव बेचबिखनका घटना देखिने बताउँदै शिक्षा र चेतनाको उचित ठाउँमा प्रयोग हुनुपर्ने बताउनुभयो ।

पर्वको सन्दर्भमा कुरा गर्दै उहाँले तीजमा गाइने गीतले दिने सन्देश हेरेर परिवर्तन महसुस गर्र्न सकिने धारणा राख्नुभयो ।

पर्वले आत्मीयता र सद्भाव बढाउँछ । कार्यक्रममा कार्यपालिका सदस्य हीरादेवी पोखरेलले, संस्कारका जीवनउपयोगी प्रयोग उदाहरणीय रहेको उल्लेख गर्नुभयो । त्यहाँभित्रका नराम्रा पक्षलाई छोड्न सक्नुपर्छ । नछुट््याई नराम्रो भनेर आवरण चर्चा गर्नुहुँदैन । पोखरेलको भनाइ थियो ।

त्यस क्रममा शान्ता ढकालले तीज पर्व र महिलाको सवाल विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । मानिसका सामाजिक आचरण, विचार र दृष्टिकोण धर्म र परम्परासँग जोडिएका हुनाले समय र परिवर्तनसँग नमिल्ने त्यस्ता धारणा त्याग गर्नुपर्ने उहाँको भनाइ थियो ।

धर्म, प्रथा, प्रचलनले जातीय, भाषिक, जातीय र लैङ्गिक विभेद बढाउँछन् भने त्यस्ता चलनलाई रुपान्तरण गर्ने सहास राख्नुपर्ने उहाँको सुझाव थियो ।

 

himalayan life insurance
igi long