stcnepal long ad
ime life insurance
national life
global ime bank long

लुम्बिनी जनरलको लघुबीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

लघुबीमा सम्बन्धी देशव्यापी अभिमुखिकरण कार्यक्रम अन्तर्गत गत पौष १८ गते उदयपुरको गाईघाट बजारमा कार्यक्रम सम्पन्न भयो । नेपाल बीमक संघको आयोजना तथा युके एड, सक्षमको सौजन्यता तथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यबस्थापनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी, बिशिष्ट अतिथी चौडण्डीगढी नगरपालिकाकाका मेयर खगेन्द्र राई, कृषि ज्ञान केन्द्र, उदरपुरका प्रमुख नरनाथ रेग्मी, प्रधानमन्त्री कृषि आधुनिकीकरण जोनका प्रतिनिधि, भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रतिनिधि, त्रियुगा तथा चौडण्डीगढी नगरपालिकाका वडा अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । लुम्बिनी जनरल इन्स्योरेन्सका सहायक महाप्रबन्धक नबराज तिमिल्सेनाको अध्यक्षता रहेको सो कार्यक्रममा तिमिल्सेनाले लघुबीमा सम्बन्धमा स्थानिय निकायको भूमिका सम्बन्धमा तथा नेपाल बीमक संघका अधिकृत राजेन्द्र पाठकले लघु बीमाको उद्देश्य, यसका फाइदा तथा शर्तहरु सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा स्थानिय कृषक, कृषि व्यवसायी तथा कृषि अभियन्ताहरु लगायत ८८ जनाको सहभागिता रहेको थियो ।

IME Lifesidebar
kumari