stcnepal long ad
global ime bank long

रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

गत पौष १३ गतेदेखि जनसम्पर्क तथा सूचना निर्देशनालय र उपत्यका पृतना हे.क्वा. को संयुक्त आयोजनामा, जंगी अड्डामा विभिन्नि मिडिया हाउसमा कार्यरत रक्षा सम्वादाताहरुलाई समावेश गरी सञ्चालन भएको रक्षा अभिमुखिकरण कार्यक्रमको आज पौष १८ गते उपत्यका पृतना हे.क्वा.का पृतनापति उपरथी निरञ्जन कुमार श्रेष्ठले एक कार्यक्रम बीच समापन गर्नु भएको छ । नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा सञ्चालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्चालन भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका विभिन्न मिडिया हाउसमा कार्यरत २४ जना रक्षा सम्वाददाताहरुको सहभागिता रहेको थियो । ६ दिने उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्नत विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत नेपाली सेनाको विभिन्न युनिटहरुको स्थलगत भ्रमण समावेश गरिएको थियो । नेपाली सेनाको सबै पृतनाहरुमा उक्त अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरुप केन्द्रिय तहमा यस कार्यक्रम सञ्चालन गरेको हो । यस प्रकारको कार्यक्रमले संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्वारस नेपाली सेनाले लिएको छ ।

IME Lifesidebar
kumari