stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बैंक अफ काठमाण्डूको मुद्दती खातामा बीमा सुविधा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार, २९ फागुन २०७६

काठमाडौं । बैंक अफ काठमाण्डू बिओके  सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ । “सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खातामा ग्राहक महानुभावहरुले ११ लाख रुपैयाँसम्मको बीमा सुबिधा सहित सर्वोच्च वार्षिक ९.७५ प्रतिशत ब्याजदरको सुबिधाको उपयोग गर्न सकिने बैंकले जनाएको छ ।

उक्त मुद्दती खाता २५ हजार रुपैयाँदेखि नै खोल्न सकिने बैंकले जनाएको छ ।  साथै, बीमा सुबिधा अन्र्तगत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए  ५ लाख, १८ घातक रोगहरु लागेको खण्डमा ५ लाख र औषधि उपचारको सुविधा रहेको छ । त्यस्तै १ लाख रुपैयाँ  बीमा सुबिधा अन्र्तगत बहिरंगको लागि २० हजार रुपैयाँ तथा अस्पताल भर्ना भई उपचार गर्दा  ८० हजार रुपैयाँसम्मको बीमा सुबिधाको उपयोग गर्न सकिने छ । बीमा सुबिधा बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सहकार्यमा उपलब्ध गराएको छ । जस अन्र्तगत बीमा शुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडलाई भुक्तानी गर्नेछ ।

हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

prabhu mahalaxmi
kumari