stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सबल वित्तीय संस्थासँगको मर्ज वा प्राप्तिबाट २२ अर्ब पुँजी पुर्याउँछौं

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार, २९ फागुन २०७६

काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक प्राप्तिपछि देशको पाँचौं ठूलो वाणिज्य बैंक बनेको छ । बिहीबार एकीकृत कारोबारको क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानान्धरले प्राइम कमर्सियल बैंकको चुक्ता पुँजी १३ अर्ब ९७ करोड रुपैयाँ पुगिसकेको र अब २२ अर्ब रुपैयाँ पुर्याउने तर्फ बैंकअघि बढेको बताएका छन् ।

प्राइम कमर्सिलय बैंक देशमा रहेका अन्य वाणिज्य बैंकहरुको पुँजी, लगानी, प्रतिफल र शाखा सञ्जालका हिसावले पाँचौं नम्बरमा आएको उनले दावी गरे । उनले भने, ‘प्राइम कमर्सिलय बैंकले यसभन्दा पहिला नै घोषणा गरेको २२ अर्ब चुक्ता पुँजी पुर्याउन अब हामीलाई सहज हुँदै गएको छ बैंकले शुरुदेखि नै लगानीकर्तालाई उच्च प्रतिफल दिँदै आएको छ । बैंकले घोषणा गरेको २२ अर्ब चुक्ता पुँजी अन्य सवल बैंकसँगको मर्ज वा प्राप्ति र उच्च लाभांशबाट नै पुर्याउँछौं ।’

नयाँ आउन लागेको बैंक तथा वित्तीय संस्था (बाफिया)ऐनले वित्तीय क्षेत्रमा अनुभवीलाई नस्वीकारेर नयाँ पीडिबाट मात्र वित्तीय क्षेत्र चल्छ भन्ने मान्यता राखेर वित्तीय संस्था चल्छ आर्थिक न्युजडटकमसँग कुरा गर्दै नीति बनाउनेलाई प्रश्न गरे । उनले भने, ‘पढाइले मात्र हुने भए नयाँ पीडितहरु राम्रो अध्ययन गरेर आएका छन् । उनीहरुलाई मात्र विश्वास गरेर वित्तीय संस्थाको व्यवस्थापन जिम्मा लगाउने, विदेशी परामर्शदाता नियुिक्त गर्दा पढाइमात्र हेर्ने त ?’

विदेशमा करिब ४० वर्षसम्म सरकारी जागिरको अनुभाव लिएर परिपक्क भएपछि मात्र व्यवसायमा सञ्चालन गर्ने चलन छ नेपालमा भने यस्तो नभएको उनको तर्क छ । बाफियामा नै सरकारले बैंकिङ क्षेत्रको लगानीकर्ता र व्यवसायलाई अलग गर्ने विषयमा भने प्रमुख कार्यकारी मानान्धरले व्यवसायी र बैंकर  सरकारले छुट्याइ दिन आग्रह गरे । उनले भने,‘बाफियाले बैंकर र व्यवसायी छुट्याउने भनेको के हो मैले पनि बुझेको छैनन्, सरकारले मात्रै बैंक चलाउने भनेको हो कि, किसानहरु मिलेर वा मजदुरहरु मिलेर बैंक खोल्ने भनेको हो ।’

व्यवसायी र बैंकर छुट्याउने भनेको अब कर्मचारी र नेताहरुसँग धेरै पैसा भएर उनीहरुले बैंक खोल्ने भनेको हो, यो छुट्याइ दिन उनले आग्रह गरे । पछिल्लो पटक राष्ट्र बैंकले ल्याएका नीतिहरु राष्ट्र बैंकले दुरगामी रुपमा राम्रोको लागि ल्याएको होला । तर, तत्कालका लागि जसरी ल्यायो यो ठिक नभएको उनको ठम्याइ छ । बैंक तथा वित्तीय संस्थासँग सम्बन्धी नीतिहरू ल्याउँदा तत्काल पर्ने असरलाई पनि हेर्न उनले सुझाव दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मानन्धरले बैंकको सम्पूर्ण वित्तीय सूचकहरू सुरक्षित राख्दै सवल र स्वस्थ बैंक बन्ने प्रतिवद्धता समेत जनाए । ‘हामी यो भन्दा ठूलो पुँजी भएको बैंक बनेर देशभरी सहज सेवा विस्तारमा लागेका छौं,’ उनले भने ‘हाम्रो उद्देश्य अनुरुप काम गर्ने छौं ।’ बैंकको उद्देश्य भनेको वित्तीय संस्थालाई एक अर्काका गाभ्नेभन्दा पनि समाहित गर्ने हो, यहि रणनीतिका अनुसार बैंकको शाख जोगाउँदै हामी अबका दिनमा अघि बढ्ने छौं ।’

अहिले कैलाश विकास बैंकसँग काठमाडौं उपत्यकामा २५ र उपत्यका बाहिर ८७ ओटा सहित १०२ ओटा शाखा सञ्जाल छ । प्राइम र कैलाश मर्जरपछि देशभर २ सय शाखा पुग्छ भने काठमाडौं उपत्यका मात्रै ५० भन्दा बढी शाखा रहने छ ।

prabhu mahalaxmi
kumari bank
kumari