stcnepal long ad
global ime bank long

उद्योग बाणिज्य महासंघले यूएनडीपी र युनिसेफसँग मिलेर कोरोनाबारे जनचेतना जगाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार, २९ फागुन २०७६

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघले संयुक्त राष्ट्र संघीय संस्थाहरु यूएनडीपी र यूनीसेफसमेतसँग मिलेर कोरोनाको जोखिमबारे जनचेतानमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) का कारण विश्व नै त्रसित स्थितिमा पुगेको अवस्थालाई समीक्षा गरी सरकारसहित यूएनडीपी र यूनीसेफ जस्ता संस्थासँग सहकार्य गरेर नेपालमा जनचेतनामूलक कार्यक्रम गर्न लागेको जानकारी दिँदै महासंघले विश्व स्वास्थ्य संगठनले समेत आपतकालिन स्थितिको घोषणा गरिसकेको परिस्थितिमा नेपाल समेत अत्यन्त जोखिमपूर्ण राष्ट्रको रूपमा रहेकाले सम्भावित जोखिमबाट जोगिन यस रोगका बारेमा पर्याप्त जानकारीसहित पूर्वसावधानी अपनाउन स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रम लैजाने निर्णय गरेको जानकारी दिएको छ ।

जोखिम न्यूनिकरणका लागि काम गर्न महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमार्फत आवश्यक उपकरण, औषधि, सरसफाईका सामग्रीहरूको वर्तमान वस्तुतथ्य संकलन गर्ने, मास्क, स्यानीटाइजर, औषधि लगायतका सरसफाई सामग्री संकलन गर्ने र आवश्यकता र प्राथमिकताका आधारमा वितरण गर्ने ।

महासंघले आफ्ना सबै प्रदेश च्याप्टरमार्फत स्थितिको आंकलन गरी जनचेतनामुलक कार्यक्रम संचालन गर्ने जानकारी दिँदै महासंघका सबै सदस्य संघ–संस्था, उद्योग प्रतिष्ठानहरूलाई आ–आफ्ना कार्य क्षेत्र र कार्य स्थलमा कोरोना भाइरसबारे पर्याप्त जनचेतनामुलक कार्यक्रम संचालन गर्नुका साथै उद्योग प्रतिष्ठानहरूमा कार्यरत श्रमिक कर्मचारीहरूलाई आवश्यक मास्क, स्यानिटाइजर लगायतका सरसफाईका सामग्रीहरू उपलव्ध गराई प्रयोग गर्न आग्रह गरेको छ ।

IME Lifesidebar
kumari