stcnepal long ad
global ime bank long

एनआईसी एशियाका ग्राहकले ५ वटा अनलाईनबाट सामान किन्दा १५% छुट पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले विभिन्न अनलाईनबाट अत्यावश्यक सामन खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् ।

निषेधाज्ञाको समयमा बैंकले आफ्ना ग्राहकलाई घरमै बसेर विभिन्न अनलाईनमार्फत अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म नगद फिर्ताको योजना सार्वजनिक गरेको हो ।

उक्त योजना २०७८ वैशाख ३१ सम्म मात्र लागू हुने छ । बैंकले सस्तोडिल, ग्यापु, रिचार्जर, इन्फी स्टोर र खानपीन फुड्स् एण्ड टुर्सबाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।

नेपालमा कोरोना भाइरसले सिर्जित असहज परिस्थितिका बेला ग्राहकलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।

यसका लागि ग्राहकले बैंकको कार्ड मार्फत ई–कमर्श तथा पीओएस भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्युआर भुक्तानी गरी यस योजनामा सहभागी हुन सक्नेछन् ।

साथै, आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिनुभएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भ मार्फत सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।

IME Lifesidebar
kumari