stcnepal long ad
global ime bank long

भोलिदेखि बेलुका पसल खोल्न नपाइने, निषेधाज्ञामा थप कडाइ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले भोलिदेखि निषेधाज्ञामा थप कडाइ गर्ने बताएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौंथाइ कर्मचारी राखेर संचालन गर्न दिने निर्णय गरेको हो ।

सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय भएको छ । यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा भोलिदेखि भने बेलुका पसलहरु खोल्न नदिने निर्णय पनि प्रशासनले गरेको छ ।

‘सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरू खोल्न अनुमति दिने कि भन्ने निर्णय भएको छ’ काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले प्रशासनलाई भने, ‘यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा भोलिदेखि भने बेलुका पसलहरू खोल्न नदिने निर्णय भएको छ र भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसँग बसेर थप निर्णय गर्छौ ।’

प्रजिअ पराजुलीले बैङ्क तथा वित्तीय संस्थाको अनावश्यक मुभेन्टलाई रोक्ने र मास्क नलगाउनेलाई होल्डिङमा राखेर जरिवाना गर्ने निर्णयसमेत भएको जानकारी गराए ।

पत्रकारको प्रेस पासको हकमा सम्बन्धित सञ्चारमाध्यमले उपलब्ध गराएको सूची हेरेर निर्णय गर्ने र त्यसका लागि भोलि औपचारिक सूचना जारी गरिने प्रजिअ पराजुलीले जानकारी दिए ।

पराजुलीले भने, ‘सूचना विभागको प्रेस पासलाई मात्रै मान्यता दिँदा मिडिया हाउसमा काम गर्ने अन्य कर्मचारीलाई अफ्ठेरो पर्‍यो भन्ने जानकारी पछि अब प्रेस पास को–कोलाई दिने भन्ने कुरा सम्बन्धित मिडियाले उपलब्ध गराएको सूची हेरेर निर्णय गर्छौ ।’

IME Lifesidebar
kumari