citizens life insurance long ad
stcnepal long ad

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक पनि सहभागिता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १८औँ संस्करणको नाडा अटो शो २०२६ मा महालक्ष्मी विकास बैंकले पनि सहभागिता जनाएको छ। भदौ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने अटो शोमा बैंकले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई कर्जा तथा वित्तीय सेवाबारे जानकारी र परामर्श प्रदान गरिरहेको छ।

अटो शोमा बैंकले सवारीसाधन खरिदका लागि आवश्यक कर्जासम्बन्धी जानकारी दिनुका साथै कर्जा प्रक्रियामा आवश्यक सहजीकरण र समन्वय गर्ने जनाएको छ। बैंकका अनुसार निजी तथा व्यावसायिक सवारीसाधनसँगै विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी सवारी कर्जा उपलब्ध गराइनेछ।

बैंकले हाल विकास बैंकहरूमध्ये प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउँदै आएको जनाएको छ। अटो शोको अवसरमा सवारी कर्जा लिने ग्राहकका लागि आकर्षक ब्याजदरका साथै प्रशासनिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार भदौ महिनाका लागि आधार दर ५.६४ प्रतिशत कायम रहेको छ। उक्त आधार दरका आधारमा सवारी कर्जा लिन चाहने ग्राहकले कर्जाको ब्याजदरसम्बन्धी जानकारी लिन सक्नेछन्।

अटो शोमा बैंकको स्टल नम्बर एन तथा हल नम्बर ०४ मा पुगेर सवारी कर्जासम्बन्धी जानकारी लिन सकिनेछ। बैंकले सवारीसाधन खरिदका लागि आवश्यक वित्तीय व्यवस्थापनबारे ग्राहकलाई प्रत्यक्ष रूपमा जानकारी दिने र कर्जा प्रक्रियासम्बन्धी जिज्ञासा सम्बोधन गर्ने जनाएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको अटो शोमा महालक्ष्मी विकास बैंकले यस वर्ष पनि सहभागिता जनाएको हो। अटो शोमा विभिन्न ब्रान्डका सवारीसाधन, विद्युतीय सवारी, अटोमोबाइलसम्बन्धी सामग्री तथा वित्तीय सेवाप्रदायक संस्थाहरूको सहभागिता रहेको छ। विकास बैंक

IME Life
kumari