stcnepal long ad
global ime bank long

बैंक अफ काठमाण्डूको भिसा नगद फिर्ता योजना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो कार्ड बाहक ग्राहक बिओके भिसा नगद फिर्ता योजना  सार्वजनिक गरेको छ । कार्ड बाहक ग्राहक महानुभावहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिना भित्र पिओएस तथा इकमर्श कारोबार गर्दा  ५०० नगद फिर्ता पाउनु हुनेछ ।

जस अन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा पिओएस कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउनु हुनेछ तथा कम्तीमा २ वटा इकमर्स कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउनुहुने बैंकले जानकारी गराएको बैंकले जनाएको छ ।

उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुसार लागू हुनेछ । यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार रु. ५०० वा सो भन्दा बढि हुनुपर्नेछ । उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहक महानुभावहरुलाई अनुरोध गरेको छ । हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

IME Lifesidebar
kumari