stcnepal long ad
global ime bank long

बाफिया ऐन मै सञ्चालककाे अयाेग्यता ताेकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको अयोग्यता सम्बन्धी व्यवस्था बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा नै स्पष्ट ताेक्न आनाकानी गरेका छन् । यस्तो व्यवस्था नेपाल राष्ट्र बैंक ऐनमा मात्र राख्दा कानुनी विरोधाभास उत्पन्न हुने भएकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमै स्पष्ट व्यवस्था गर्नुपर्ने बताएका छन ।

संघिय संसदकाे अर्थ समितिको भदाै ८ गतेको बैठकमा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा अर्थ मन्त्री डा.वाग्लेले सम्बन्धित विषय सम्बन्धित ऐनमै सम्बोधन गर्न उपयुक्त हुने सुझाव दिएका छन ।

अर्थमन्त्री डा. वाग्लेले बाफिया ऐनको दफा १८(१) (ड)मा आवश्यक संशोधन गर्न अर्थ मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रस्ताव पठाइसकेको पनि बताएका छन । बाफिया ऐनको दफा १८ मा बैंक तथा वित्तीय संस्थाका सञ्चालकको अयोग्यतासम्बन्धी व्यवस्था रहेकाे छ ।

विद्यमान व्यवस्थाअनुसार नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले कानुनविपरीत कार्य गरेको भन्दै कारबाही गरेको र कारबाही भएको पाँच वर्ष नपुगेको व्यक्ति सञ्चालक बन्न अयोग्य हुने व्यवस्था रहेकाे छ ।

अर्थ मन्त्री डा. वाग्लेले राष्ट्र बैंक ऐनमा मात्र व्यवस्था गर्दा बाफियासँग नमिल्ने अवस्था आउने भएकाले बाफियामै संशोधन गर्नुपर्ने स्पष्ट बताएका छन । अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकीसहित सदस्यहरूले सर्वोच्च अदालतको फैसलापछि नसिहत पाएका व्यक्तिसमेत सञ्चालक बन्न अयोग्य ठहरिन सक्ने अवस्था देखिएको भन्दै त्यसले बैंकिङ क्षेत्रमा गम्भीर समस्या निम्त्याउन सक्ने धारणा राखेका थिए ।

कानुन मन्त्रालयका प्रतिनिधिले पनि सम्बन्धित विधेयकमै संशोधन गरी बाफियामा आवश्यक व्यवस्था मिलाउने प्रक्रिया अघि बढेको जानकारी दिएका थिए । दफाबार छलफलमा रहेको राष्ट्र बैंक ऐन विधेयकले हरेक वर्ष साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था समेत गर्न प्रस्ताव गरिएको छ ।

बैठकमा दफा २५, ४१ लगायतका संसोधन प्रस्ताव उपर छलफल गरी निर्णय भएको छ । समितिमा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल जारी रहेकाे छ । यी दुई ऐन छिट्टै संशाेधन हुन सके बैंक तथा वित्तिय क्षेत्रमा सुशासन कायम,ऋणकाे माग बढाउन,ब्याज दर स्थिर  राख्न,उत्पादन  क्षेत्रमा लगानी बढाउन र बैंक तथा वित्तीय क्षेत्रकाे नियमन प्रभावकारी हुन सक्छ ।

IME Lifesidebar
kumari