citizens life insurance long ad
stcnepal long ad

नबिल बैंकको डीसीईओ बने गणेश अवस्थी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा गणेश प्रसाद अवस्थी बढुवा भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले अवस्थीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो ।

अवस्थी हाल बैंकको नायब महाप्रबन्धक (डीजीएम) पदमा कार्यरत छन् । बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव सँगालेका अवस्थीले सहायक महाप्रबन्धक (एजीएम) पदबाट नबिल बैंकमा प्रवेश गरेका हुन् ।

क्रेडिट तथा निक्षेप परिचालनमा दख्खल राख्ने अवस्थीले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । त्यसपछि उनले कुमारी बैंकमा शाखा प्रमुखका रूपमा काम गरेका थिए भने सन् २००८ मा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

ग्लोबल आइएमई बैंकमा १३ वर्षभन्दा बढी समय काम गरेपछि उनी नबिल बैंकमा आबद्ध भएका हुन् ।विभिन्न बैंकिङ फोरममा सहभागी हुँदै आएका अवस्थी क्रेडिट व्यवस्थापन, व्यावसायिक क्षमता अभिवृद्धि तथा ग्राहक सेवामा केन्द्रित छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । साथै, हार्वर्ड बिजनेस स्कुलबाट ‘डिस्रप्टिभ स्ट्राटेजी’ विषयसमेत अध्ययन गरेका छन् ।

IME Life
kumari