stcnepal long ad
global ime bank long

लक्ष्मी बैंकको अरेन्ज सेभिङ प्लस खातामा आकर्षक सुविधा पाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी बैंकको प्रिमियम बचत खाता अरेन्ज सेभिङ प्लसबाट ग्राहकहरूले अब ४ दशमलव ५ प्रतिशत वार्षिक ब्याजदरको साथै थप आकर्षक सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

अरेन्ज सेभिङ प्लस खाता भएका ग्राहकले १ लाख सम्मको वार्षिक स्वास्थ्य बीमा र र १० लाख सम्मको दुर्घटना ९मृत्यु० र अक्षमता बीमा सुविधा पाउन सक्नेछन् ।

यति मात्र नभएर डेबिट, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुको साथै बैंकको डेबिट कार्ड नेपाल भरी कुनै पनि एटिएम प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता हुने बैंकले जनाएको छ।

अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभर अरेन्ज सेभिङ प्लस खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रिपेड डलर कार्ड निःशुल्क प्राप्त गर्नेछन् । सो अफर अरेन्ज सेभिङ प्लस वर्तमान ग्राहकहरुको लागि पनि लागू हुने बैंकले जनाएको छ।

यसै गरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता शुभ श्री (लक्ष्मी बचत खाता) मा पनि बैंकले विभिन्न सुविधाका साथमा ४.५५ को उच्च ब्याजदर प्रदान गरिरहेको जनाएको छ।

IME Lifesidebar
kumari