stcnepal long ad
global ime bank long

बैंक तथा वित्तीय संस्थाहरुलाई निरन्तर सेवा दिन राष्ट्र बैंकको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणको दोस्रो लहर फैलँदै गएको भन्दै उच्च सतर्कता सहित निरन्तर सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै संक्रमण तीव्र बढेकाले सजग भएर कारोबार गर्न निर्देशन दिएको हो ।

नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाह गर्न बैंकले निर्देशन दिइएको छ। सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्थालाई सेवा प्रवाह गर्नुपर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने सेवाहरू विद्युतीय माध्यमबाट गर्न तथा गराउन केन्द्रीय बैंकले सुझाव दिएको छ ।वैंकहरूले कोरोना सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि कोरोना सुरक्षा व्यवस्थापन समूहलाई सक्रिय रूपमा परिचालन गर्नुपर्ने छ ।

स्वास्थ्य सतर्कताबारे यसअघि दिएका निर्देशनलाई समेत पालना गर्न पनि केन्द्रीय बैंकले ध्यानाकर्षण गराएको छ ।

IME Lifesidebar
kumari