stcnepal long ad
global ime bank long

महालक्ष्मी विकास बैंकको सानो भ¥याङ्मा शाखा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

(आर्थिक सञ्जाल) । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो सेवा देश भर विस्तार गर्दै लैजाने क्रममा काठमाडौँको सानो भ¥याङ् शाखा कार्यालयको मिति मंसिर २३ गते औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवं काठमाडौँ महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल र समारोहका सभापति तथा बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द« पौडेलले संयुक्त रुपमा समुद्घाटन गरेका थिए । बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरेका थिए । प्रमुख कार्यकारी अधिकृत लामिछानेले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
देशका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मीविकास बैंक लिमिटेडको ग्राहक संख्या करिब पाँच लाख रहेको बैंकले जनाइको छ ।

IME Lifesidebar
kumari