citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनएमबीले ल्यायो नयाँ बचत खाताहरु, १८ लाख रुपियाँसम्मको बीमा सुविधा 

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

आर्थिक सञ्जाल । शनिबार, १० फागुन २०७६

काठमाडौं । एनएमबि बैंकले आफ्नो ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’मा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत खातावालहरुलाई रु. १८ लाख रुपियाँसम्मको कुल बीमा सुविधा प्रदान गरिन्छ । दुई नयाँ योजनाहरु मध्ये ‘एनएमबि प्रिमियम तलब खातामा ग्राहकहरुलाई रु १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागि रु ५ लाख रुपियाँसम्मको वीमा सुविधा प्रदान गरिएको छ भने ‘एनएमबि प्रिमियम सुपर तलब खातामा ग्राहकहरुले रु. १० लाखसम्मको दुर्घटना मृत्यू बीमा, १८ प्रकारका घातक रोगहरुको लागि रु ७ लाख रुपियाँसम्म वीमा र रु १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार वीमाबाट लाभान्वित हुन सक्ने छन् । उल्लेखित खाताहरु शुन्य मौज्दातमै खोल्न सकिने छ । रकम मात्र नभई सुविधाको दायरा पनि बिस्तार गर्ने उद्देश्यको साथ ‘एनएमबि प्रिमियम तलब खाता’ र ‘प्रिमियम सुपर तलब खाता’को सुरुवात गरिएको हो । ग्राहकको अतिरिक्त आवश्यकतालाई मध्यनजर गर्दैै यस प्रकारको खातामा वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको योजना ल्याएका छौं बैंकले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

himalayan life insurance
igi long