citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नागरिक स्टक डिलरले अब कहिलेबाट सुरु गर्छ काम ?

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शनिबार, १० फागुन २०७६
काठमाडौं ।  नागरिक लगानी कोष (सीआइटी) ले बहुप्रतिक्षित स्टक डिलरको काम गर्न सहायक कम्पनी खोलेपछि सेयर बजारका आम लगानीकर्ता थप उत्साहित भएका छन् । कोषले ‘नागरिक स्टक डिलर’ नामक संस्था कम्पनी रजिष्टारको कार्यालयमा दार्ता गराएको हो । कम्पनी दर्ता गरेसँगै अब यसले कहिले काम सुरु गर्छ भन्ने कौतुहलता पनि सुरु भएको छ । लगानीकर्ताको यो जिज्ञासा समाधान गर्न नेपाली पैसाले नागरिक लगानी कोषका नायब कार्यकारी निर्देशक डा. इन्द्र कट्टेलसँग जिज्ञासा राखेको छ, नागरिक स्कट डिलरले कहिलेबाट काम सुरु गर्छ त ?

उनी भन्छन्, ‘कम्पनी दर्ता भइसकेकाले एक हिसाबले प्रक्रिया अघि बढिसक्यो भन्दा हुन्छ । तर कार्यान्वयनमै आउन भने २–३ महिना लाग्न सक्छ ।’ सकेसम्म छिटो यही आर्थिक वर्षबाट काम गर्न तयारी भइरहेको अर्का एक सम्बद्ध अधिकारी बताउँछन् । ढिलै भए पनि नयाँ आर्थिक वर्षबाट जसरी पनि काम थाल्ने भित्री योजना रहेको ती अधिकारीको  भनाई छ ।

उनका अनुसार नेपाल धितोपत्र बोर्डले बनाएको नियमावली अनुसार कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ । यसका लागि सबैभन्दा पहिले कम्पनीको सञ्चालक समिति गठन हुन आवश्यक छ । अबको एक साता भित्र सञ्चालक समिति गठन भइसक्ने पनि उनले जानकारी गराए । सञ्चालक समिति गठन भएपछि सोही समितिले व्यवस्थापन समूह बनाउने लगायतका अन्य महत्वपूर्ण कामहरु अघि बढाउन सक्नेछ ।
कम्पनीमा नयाँ सञ्चालक आएसँगै नागरिक स्टक डिलरको लागि कार्यालय भवन तथा अन्य आवश्यक भौतिक संरचना निर्माण गर्नुपर्ने हुन्छ । साथै, कम्पनी सञ्चालनका लागि आवश्यक कार्यविधि बनाउनुपर्ने हुन्छ । यी सबै पक्रिया पूरा गरी स्टक डिलरको व्यवहारिक काम सुरु गर्न करिब २ महिना लाग्ने नायब कार्यकारी निर्देशक कट्टेलले नेपाली पैसालाई जानकारी दिए ।
नागरिक लगानी कोषले आफ्नो काम, कर्तव्य र अधिकार अनुसार पुँजी बजार विकासका लागि छुट्टै स्टक डिलर कम्पनी स्थापना गरेर पुँजी बजारमा सशक्त हिसाबले प्रवेश गर्ने तयारी गरेको हो । यो नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम स्थापित तथा सञ्चालित एक स्वायत्त संस्था पनि हो । नागरिक लगानी कोष ऐन, २०४७ को दफा ३२ (ड) मा पुँजी बजार विकासका लागि आवश्यकता अनुसार सहायक कम्पनी खडा गरी स्टक डिलरको कार्य गर्न सक्ने कानुनी व्यवस्था छ । उक्त अधिकारको प्रयोग गर्दै कोषले छुट्टै सहायक कम्पनी दर्ता गरेको हो ।
कोषले दर्ता गरेको सहायक कम्पनी नागरिक स्टक डिलरको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा कोषको ५१% सेयर छ । त्यस्तै, यसमा नेपाल पुनर्बिमा कम्पनीको १०%, नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को ९% र सर्वसाधारणको ३०% सेयर स्वामित्व रहनेछ । जस अनुसार कम्पनीमा कोषको २ अर्ब ५५ करोड रुपैयाँ लगानी हुनेछ भने टेलिकमले ५० करोड, पुनर्बिमा कम्पनीको ४५ करोड र १ अर्ब ५० करोड रुपैयाँ सर्वसाधारणको लगानी रहनेछ ।
नेपाल धितोपत्र बोर्डले नियमावली संशोधन गराएर स्टक डिलरको रुपमा काम गर्ने बाटो खोलिदिएपछि कोषले नयाँ कम्पनी दर्ता गराएको हो । यसले पुँजी बजारको दिगो विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ । स्टक डिलर आएपछि धेरै हदसम्म सेयरको माग बढ्ने र त्यसले बजार विकासमा थप टेवा पुग्ने लगानीकर्ताको भनाई छ । त्यसैले पनि प्रायजसोः सेयर बजार घटेका बेला मार्केट मेकर वा डिलरका बारेमा अझ धेरै चर्चा हुने गरेको छ । बढ्दो बजारमा पनि आम लगानीकर्ताको मनोबल अझै उच्च पार्न र बजारलाई थप प्रभावकारी बनाउन यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
के हो स्टक डिलरकसरी गर्छ यसले काम ? 
स्टक डिलरले नियामक निकायको अनुमति लिएर दोस्रो बजारमा सेयर तथा अन्य धितोपत्रहरु खरिदबिक्री गर्न सक्छ ।  सेयर बजारमा माग र आपूर्तिको व्यवस्थापन गर्न सहयोग पुर्याउँछ । समग्रमा, पुँजी बजारमै सन्तुलन कायम राख्ने कार्य गर्दछ । पुँजी तथा तरलता व्यवस्थापनमा पनि यसले काम गर्न सक्छ । सेयर बजारमा हुने उच्च उतारचढावलाई नियन्त्रणमा राख्ने भएकाले जोखिम न्यूनीकरणमा समेत यसको निकै ठूलो भूमिका हुने गर्छ । सेयर कारोबारमा हुन सक्ने अस्वभाविक उतारचढाबलाई न्यूनीकरण गरी बजारलाई स्थिरता प्रदान गर्ने भएकाले लामो समयदेखि यो स्थापनाको आवाज उठेको हो ।

विकसित मुलुकको अभ्यास हेर्दा स्टक डिलरले बजार विकास र सन्तुलनमा महत्वपूर्ण काम गरेको देख्न सकिन्छ । सेयर बजारको उतारचढाव अनुसार यसले आवश्यकता अनुसार सेयर खरिद बिक्री गरी सन्तुलन मिलाउने प्रयास गर्छ । उच्च जोखिमलाई न्यूनीकरण गर्छ । समग्रमा पुँजी बजारलाई थप आधुनिकीकरण र विकास गर्न पनि मद्दत गर्ने सरोकारवालाहरु बताउँछन् ।  इशारा कोइराला 

gold
himalayan life insurance long ad
kumari bank