कुमारी बैंकको १४% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिने घोषणा गरिसकेको छ । बैंकले चुक्ता पुँजीको १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले २०७६ /०७७ को मुनाफाबाट वितरण गर्न लागेको लाभांश पारितका लागि मंसिर २९ गते २० औं वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले सभा प्रयोजनका लागि मंसिर १५ गते बुक क्लोज मिति तय गरेको छ । त्यसकारण मंसिर १४ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र उक्त लाभांश लिन पाउनेछन् ।
बैंकले विगत लामो समयदेखि निरन्तर रुपमा आफ्ना शेयरधनीहरुलाई लाभांश प्रदान गर्दै आएको छ । बैंकको विगत १० वर्षको लाभांश इतिहासलाई हेर्ने हो भने विगद १० वर्षको अवधिमा नगद लाभांशलाई भन्दा पनि बोनश शेयरलाई प्रथामिकता दिँदै आएको देखिन्छ ।
बैंकले १० वर्षको अवधिमा कुल १ सय ४३ दशमलव ६३ प्रतिशत लाभांश वितरण गरेको छ । जसमध्ये १ सय २९ दशमलव १ प्रतिशत बोनश शेयर दिएको छ भने १४ दशमलव ५३ प्रतिशत मात्र नगद लाभांश वितरण गरेको देखिन्छ ।
आर्थिक वर्ष २०७५/ ०७६ मा बैंकले आफ्ना लगानीकर्तालाई १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा १० प्रतिशत बोनश शेयर रहेको थियो भने ० दशमलव ५२ प्रतिशत नै नगद लाभांश रहेको थियो ।
बैंकले आर्थिक वर्ष २०७४/०७५ मा ८ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको थियो जसमा नगद लाभांश दिएको छैन । त्यस्तै, आर्थिक वर्ष २०७३ /०७४ मा १२ दशमलव ७५ प्रतिशत बोनश शेयर मात्र वितरण गरेको थियो ।
बैंकले २०७२ /०७३ मा २१ प्रतिशत बोनश शेयर दिएको छ भने १ दशमलव १ प्रतिशत नगद लाभांश दिएको थियो । २०७१ /०७२ मा बैंकले ११ प्रतिशत बोनश शेयर र ० दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
२०७०/०७१ मा ३३ प्रतिशत बोन शेयर र १ दशमलव ७४ प्रतिशत नगद लाभांश दिएको थियो । २०६९/०७० मा बैंकले १४ प्रतिशत बोनश शेयर मात्र दिएको छ ।
त्यस्तै, बैंकले २०६८/०६९ मा ७ प्रतिशत नगद लाभांश मात्र दिएको छ भने २०६७/०६८ मा बैंकले ८ प्रतिशत बोनश शेयर ० दशमलव ४४ प्रतिशत नगद लाभांश दिएको छ ।
























