stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु बैंकले १६ प्रतिशत बोनश शेयर दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

प्रभु बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बैंकको प्रधान कार्यालय बबरमहलस्थितमा बसेको बैंकको १८ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित आर्थिक वर्ष ०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । साथै, १८ औं वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आर्थिक वर्ष ०७५/०७६ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । बैंकको १८ औं वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैंकले गत आर्थिक वर्ष ०७५/०७६ को मुनाफाबाट गत आर्थिक वर्ष ०७५/०७६ मा कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय समेत गरेको छ ।  बैंकको सञ्चालक समितिमा शेयर स्वामित्वको आधारमा संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट ३ जनाको प्रतिनिधित्व हुने गरी प्रस्ताव पारित गर्नुका साथै धितोपत्र सम्बन्धी कारोबार गर्ने सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्था थप गर्नको लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय समेत पारित गरेको छ ।  १८ औं वार्षिक साधारण सभाले १६ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरे पश्चात् बैंकको चुक्ता पूँजी रु. १० अर्ब ३१ करोड ५५ लाख ०२ हजार ७ सय रुपैयाँ पुगेको छ ।

IME Lifesidebar
kumari